काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीले बालेन शाहलाई विश्वकै कान्छा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघ महासभामा सुन्न पाएको भन्दै प्रशंसा बर्साए । सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले त्यतिमात्रै भनेनन्, एक युवा प्रधानमन्त्रीका रुपमा बालेनको दूरदर्शिता र सोचको स्पष्टतासमेत पछिल्ला केही घण्टाहरूमा भएका छलफलमार्फत् आफूले पाएको मूल्यांकन सुनाए । पत्रकार भेटअघि बालेन र मोदीबीच समूहमा अनि एक्लाएक्लै वार्तासमेत भएको थियो । नेपालको पछिल्लो चुनावमार्फत् बालेनले आर्जेको लोकप्रियताको मोदीले प्रशंसा गरे । नेपाल–भारत सम्बन्धमा बीचका केही वर्ष उतारचढाव आएको भन्दै शिखर भ्रमणहरू स्थापित भइनरहेका बेला प्रधानमन्त्री बालेनको यो भ्रमणले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा पुनर्ताजगी आएको महसुस सोमबारको वार्ता तथा सहमतिले दिएको छ ।
२०८३ मंसिर ८, सोमबार ११:३१




