
काठमाडौं । काठमाडौं प्रहरीले चोरीका चार थान स्कुटर र एक थान मोटरसाइकलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने १९ वर्षीय तेन्जिङ तामाङ रहेको प्रहरीले जनाएको छ । उनीसँगै बा ३५ प ३३९२, बा ८५ प १९२५ डी, प्रदेश ३०२०१३ प २५९९ नम्बरको स्कुटर र बा ९१ प ३८३३ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले भनेको छ । उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।



