
काठमाडौं । आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा भारी वर्षा भइरहेको छ। त्रिशूली करिडोरअन्तर्गत धादिङ खण्डमा भारी वर्षा भइरहेको हो। भारी वर्षाका कारण सडकमा सवारी जाम बढेको छ। सडक छेउका साना खोल्सीहरूबाट लेदोसहितको बाढी झरिरहेको छ। प्रहरीले अहिले पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा सजकता अपनाउन अपिल गरेको छ। राजमार्गका केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेकोले अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले भनेको छ।



