सुनसरी घटना : न्यूरो अस्पतालबाट निकालियो ओमप्रकाश र जयप्रकाशको शव

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका मतृककाे शव न्यूराे अस्पताल विराटनगरबाट निकालिएको छ । शव बुझ्न आफन्त आएपछि न्यूराे अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हाे । दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ । पाेष्टमार्टमपछि शवलाई आफन्तकाे जिम्ममा लगाइनेछ । आइतबार राति देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा प्रहरीले चलाएकाे गाेली लागेर स्थानीय ओमप्रकाश र जयप्रकाश मेहताकाे मृत्यु भएको थियाे । आज बिहान पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो ।