
काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ । डीएसपी रोकायसँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए । उनले के कुरा बुझ्नुपर्ने भएको भन्ने खुलाएनन् । अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने बौद्धमा नयाँ डीएसपी पठाउने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार, उनीमाथि आर्थिकसम्बन्धी विवाद देखिएको आरोप लागेको छ ।



