
काठमाडौं । नेकपा एमालेले बिरामीको स्वास्थ्यप्रति सरकार चरम उदासिन बनेको बताएको छ ।एमालेले आज वक्तव्य जारी गर्दै चिकित्सकहरूको आन्दोलनप्रति आवश्यक ध्यान दिन सरकारसँग माग राखेको छ । ‘यस्तो विषम र संवेदनशील परिस्थितिमा पनि वर्तमान सरकार पूर्णत: उदासिन, गैरजिम्मेवार र मूकदर्शक बनेको छ,’ एमालेको वक्तव्यमा भनिएको छ, ‘जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको यो चरम उदासीनप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ ।’ एमालेले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेशागत एवं शारीरिक सुरक्षाको ग्यारेन्टी गर्न पनि माग राखेको छ । जसका लागि वार्ता उपयुक्त माध्यम हुने सुझाव पनि एमालेले दिएको छ ।



