
काठमाडौं । ८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् । कागेश्वर मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले उक्त सामानसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट, आकाश तामाङ र अर्जुन तामाङ छन् ।आरएफ ०७६७१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा संका लागेर लिउ वेटको बागडोलस्थित कोठा खानतलासी गरिएको थियो । सो क्रममा भेप र नगद बरामद भएको हो ।



