
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भइरहेको प्रदेश अधिवेशनमा यसअघिका प्रदेश सभापति प्रकाश विष्ट र जनकसिंह धामीको उम्मेदवारी परेको हो । धामी कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । सभापतिमा दुई जनाको मनोनयन परेपछि अब मतदान सुरु गर्ने तयारी थालिएको छ ।



