ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् । यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् । ‘यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो,’ उनले भनेकी छिन् । साथै उनको यो सफलतालाई युवा, मानवअधिकारकर्मीह तथा ट्रान्स समुदायले समावेशी र समानताको दिशामा महत्त्वपूर्ण कदमको रूपमा स्वागत पनि गरेका छन् । त्यस्तै विविधता, साहस र खुलापनका साथ जीवन जिउने हक्को प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गर्ने उक्त समुदायको विश्वास छ ।