सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् । उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो । कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने कार्कीले चासो राखेकी छिन् । ‘सर्वोच्च हुँदा नै उनले पाएको गाडी चाहिँ कहाँ छ ? भनेर उहाँले चासो राख्नुभएको थियो,’ रावलले भने ।