
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।



