सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई सेनाले सोलुखुम्बुबाट गर्‍यो हवाई उद्दार

काठमाडौं ।  सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ । सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई सेनाले हवाई उद्दार गरी काठमाडौं ल्याएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन हुँदै आएको छ । सोही कार्यक्रममार्फत ती महिलाको उद्दार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।