फागुन ७ मा जनकपुरमा कांग्रेसको आमसभा

काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले जनकपुरमा सभा गर्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘त्याग र समर्पणको पवित्र भूमि- शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। यसअघ माघ १६ गते गर्ने भनेको कांग्रेसको सभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो ।