पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी NCELL १९ असार, काठमाडौं । डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् । त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड । ई-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो यो । जब छोराले पब्जी खेलेरै बा–आमालाई कार गिफ्ट गर्छन्, सानै उमेरमा ‘असाधारण’ प्रगति हासिल गर्छन्, त्यसपछि भावुक बनेका बुबाले छोराको नाममा गीत नै निकाल्छन् । प्रताप दासको आवाजमा रहेको उक्त गीत पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ । ९५ हजारभन्दा धेरै भ्यूज बटुलिसेको छ । ‘छोरा, तिमी जित्दै जाऊ– हर सफलता मेरो उत्सव हुनेछ …,’ बाबु शान्त भण्डारीले छोराप्रतिको प्रेम गीतमा पोखेका छन् । नपोखुन् पनि किन ? उसै त छोराछोरीप्रति बा–आमाको मायाको तुलना हुन्न । त्यसमाथि उनका छोरा किलर वाईटी (खेलाडी नाम) ले असाधारण प्रगति गरेका छन् । अवार्ड लिँदै किलर वाईटी । छोराको प्रगतिबाट उत्साही शान्तले छोराको युट्युब च्यानलमा गीतसँगै डेस्क्रिप्सनमा सन्देश छाडेका छन्, ‘यो ती आमाबुबाप्रति समर्पित गरिएको छ, जसले आफ्ना सन्तानको सानो उपलब्धिलाई पनि उत्सवजस्तै मनाउँछन्, आफ्ना सन्तानले पार गरेका हरेक चुनौतीहरूमा गर्वका आँसु खसाल्छन् ।’ यसरी शान्तले आफ्नोसँगै देशभरका ‘गेमर छोराछोरी’ लक्षित गीत निकाले । कारण, पछिल्लो समय नेपालमा ई–स्पोर्ट्स र गेमिङको क्षेत्रले उल्लेखनीय प्रगति गरिरहेको छ । काठमाडौं, पोखरा, बुटवलजस्ता शहरहरूमा गेमिङ क्याफेहरूको संख्या बढ्दैछ । पब्जी मोबाइल, फ्री फायरजस्ता गेमहरूले युवाहरूको मन जितेका छन् । ती मध्येकै एक हुन्, साहस भण्डारी अर्थात् किलर वाईटी । ललितपुरको गोदावरीमा हुर्केका उनी सानैदेखि साइक्लिङमा रमाउँथे । तर, जब एसईई सके त्यसपछि मोबाइल फोनमा पहुँच पाए । बुबाकै फोनबाट विभिन्न गेमहरू खेल्न थाले । विस्तारै घरमा पाएको एन्ड्रोइड फोन उनलाई स्लो (धिमा) लाग्न थाल्छ । उनले आफ्नो रुचिको साइकल बेच्छन्, केही थपथाप गरेर आइफोन किन्छन् । आइफोनमा झन् ‘स्मुथ्ली’ पब्जी चल्ने भइहाल्यो, उनले नयाँ-नयाँ प्रयोग त्यसमा गर्न थाले । पब्जीमा झन लत बस्यो । शान्तलाई सम्झना छ, ‘पहिलापहिला साहस लुकेर आमाको मोबाइलमा पब्जी खेल्थे । मलाई त सुरुमा यो के हो, किन यस्तो लत लाग्छ भनेर डर लाग्थ्यो ।’ त्यसमाथि उबेला नेपालमा पब्जीलाई लिएर नकारात्मक कुरा चलेको थियो । संसद्‍मै यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज उठेको थियो । त्यो माहोलमा शान्त र उनकी श्रीमती गीताले साहसलाई रोक्न नखोजेका पनि हैनन् । ‘हामीलाई लाग्थ्यो, पढेर विदेश जाओस्, डाक्टर–इन्जिनियर बनोस्,’ उनी भन्छन्, ‘गीताले त साहसलाई साइक्लिङ नै गरोस् बरू भनेर फर्काउन चाहन्थिन् ।’ साहसले पब्जीको कमाइबाट बा–आमालाई साढे ४१ लाखको सुजुकी फ्रोंक्स कार गिफ्ट गरे । प्रेमपूर्वक पाएको सो कारको पछाडि शान्तले लेखेका छन्– गिफ्टेड बाइ माइ सन । अर्थात्, मेरो छोराले दिएको उपहार । तर, साहसको जुनून कमजोर थिएन । उनको लगावले आमा–बाको मन पग्लियो । त्यसपछि बुबा शान्त आफैँले यसबारे बुझ्न थाले । विदेशका कयौँ उदाहरण हेरे । त्यसले उनलाई थाहा दियो – यसमा पनि करिअर हुनेरैछ । सही रणनीति र क्षमता बनाएर लागिपरे छोराको भविष्य राम्रो हुनसक्छ । फुटबल, क्रिकेटजस्तै खेल, तर स्क्रिनमा समय बिताउनुपर्ने । यसबाहेक अरू भिन्नता शान्तले पाएनन् । त्यसपछि आफ्नै निगरानीमा सीमित समयसम्म खेल्न दिए । सधैं तालिका बनाएर पढाइ र गेमको सन्तुलन मिलाउन थाले । राम्रो कुरा, साहसले गेमको लतमा पढाइ बिगारेनन् । पढाइसँगै पब्जीलाई अघि बढाए । शान्तकाअनुसार साहसले कक्षा १० सम्म फोन पाएनन् । कसैले पब्जीबारे सुनाइदिएपछि आमाको मोबाइलमा बेलामौकामा खेल्ने गर्थे । त्यहीँबाट थोरबहुत खेल्न सिके । एसईई दिएपछि भने उनले आफ्नो साइकल बेचेर सेकेन्ड ह्यान्ड आइफोन किने । यता २०१९ मा साहसले एसईईमा ३.५५ जीपीए ल्याएका थिए । बाल्यकालमा बुबासँग किलर वाईटी। ११ कक्षामा बिजनेसको पढाइ सुरु भएको थियो । यसले पनि छोराले लय बिगारेरै गेममा नफस्ला भन्ने विश्वास शान्तलाई थियो । जब कोरोना महामारीले विश्व नै आक्रान्त बन्यो । लकडाउनले स्कुल/कलेज ठप्प भए । साहसले झन धेरै समय पाए । सोही लकडाउनको समयमा उनले पब्जी अभ्यासमा धेरै समय दिए । जब उनले नयाँनयाँ स्किल सिक्दै अघि बढे, त्यसबेला आफूलाई ‘अब छोराले यसमै केही गर्छ’ भन्ने विश्वास पलाएको शान्तले सुनाए । विस्तारै साहसले विभिन्न टुर्नामेन्ट खेल्न थाले । साथीहरूसँग समूह बनाएरै भिड्न थाले । स–साना समूहबाट खेल्दा राम्रो प्रस्तुति देखाए । पब्जी गेमिङको क्षेत्रमा उनको नाम चर्चामा आउन थाल्यो, जसले ठूला क्लबहरूसम्म उनलाई पुर्‍यायो । सन् २०१९ मा स्थानीय स्तरको पब्जी प्रतियोगिता ‘पीएमसीओ’ बाट खेल्न सुरु गरेका थिए उनले । त्यसअघि एनभीके लगायतबाट खेलिरहेका थिए । एनभीकेबाट खेलेपछि उनको यात्रा भाइब्जमै मोडियो । विस्तारै साहसलाई पीएन क्रूले अफर गर्‍यो । तर, त्यसबेला साहस नाबालिग भएकाले शान्ताले नै उक्त कन्ट्रयाक्टमा सही गर्नुपरेको थियो । ‘त्यो उसको पहिलो औपचारिक कदम थियो, कुनै क्लबले एग्रिमेन्ट गराएरै खेलाउँदा मलाई गर्व महसुस भयो, भावुक क्षण थियो त्यो,’ शान्तले भने । त्यसपछि साहस सन् २०२१ मा डीआरएस गेमिङ (द रियल सोल्जर) मा जोडिए । यो रुटिन अफ नेपालका सञ्चालक भिक्टर पौडेलको क्लब हो । यसमा जोडिएपछि सन् २०२२ मा उनको टिमले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) मा दोस्रो भएर २.९२ लाख डलर नेपाल भित्राउन योगदान गरे । शान्तकाअनुसार यो जितले नेपालमा डिजिटल गेमिङलाई हेर्ने नजर नै बदलिदियो । साहसले यो कमाइबाट बा–आमालाई साढे ४१ लाखको सुजुकी फ्रोंक्स कार गिफ्ट गरे । प्रेमपूर्वक पाएको सो कारको पछाडि शान्तले लेखेका छन्– गिफ्टेड बाइ माइ सन । अर्थात्, मेरो छोराले दिएको उपहार ।

डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् ।त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड ।-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो यो । जब छोराले पब्जी खेलेरै बा–आमालाई कार गिफ्ट गर्छन्, सानै उमेरमा ‘असाधारण’ प्रगति हासिल गर्छन्, त्यसपछि भावुक बनेका बुबाले छोराको नाममा गीत नै निकाल्छन् ।प्रताप दासको आवाजमा रहेको उक्त गीत पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ । ९५ हजारभन्दा धेरै भ्यूज बटुलिसेको छ । ‘छोरा, तिमी जित्दै जाऊ– हर सफलता मेरो उत्सव हुनेछ …,’ बाबु शान्त भण्डारीले छोराप्रतिको प्रेम गीतमा पोखेका छन् ।