झापामा डेंगुबाट एकजनाको मृत्यु, ५५ बिरामीको उपचार जारी

झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो।