
हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वास्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वास्थ्य बनाउँछ । कति सागसब्जी पनि काँचो खान सकिन्छ । काँचो सागसब्जी मिनरल्सको राम्रो स्रोत हो। साथै पत्तेदार सब्जीमा प्रोटिनको मात्रा अधिक हुन्छ । यो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक छ । कतिपय खानेकुरा पकाउँदा बढि पकाउने, नछोपी पकाउनाले यसमा भएको पोषण तत्व नष्ट हुन्छ । साथै स्वादिष्ट बनाउने चक्करमा यसमा हालेको मसला खानेकुराको पोषक तत्व नष्ट गर्दछ । त्यसैले काँचो खान मिल्ने आहार खाँदा शरीरलाई फाइदा पुग्दछ । कतिपय मानिसहरु धेरै पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुरा खान खोज्दछन् । तर यस्ता खानाले पाचन यन्त्रलाई खराब गर्छ । यदि काँचो खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वास्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलचाई सही राख्दछ । काँचो आहार खानाको पुरक हुन्छ । यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण चाडैँ भोक अनुभव हुदैँन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । जसका कारणले शरीरमा मोटोपना घट्दै जान्छ । काँचो आहार शरीरकासाथै दाँतकालागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाउँदा शरीरलाई पोषक तत्व मिल्नुका साथै दाँतको पनि व्यायाम हुन्छ ।



