बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ । बाढीले बुधाबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्त तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले अन्नपूर्णलाई जानकारी दिए । अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार तत्कालका लागि डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यर्फ पुर्‍याउने काम भएको छ । साना चारपाङ्ग्रेस सवारी साधनलाई माइस्थान चोकबाट गौशालाहुँदै लक्ष्मीनियाँ चोक निस्कने गरी डाइभर्सन गरिएको छ । ठूला मालबाहक सवारी साधनलाई गौशाला, कान्तिबजार हुँदै हुलाकी सडकमा जोड्ने डाइभर्सन सञ्चालन गरेका छौं, प्रहरी नायव उपरीक्षक जैसावरले भने । उनले जिल्लाबाट सडक निरीक्षणका लागि टोली खटिएको जनाए । सीडीओ साबको नेतृत्वमा निरीक्षण टोली खटिएको छ । तत्कलैकेही उपाय लगाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयासमा लागेका छौं, उनले भने । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । राजमार्गअन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरु जीर्ण अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *