साउनको पहिलो सोमबार वीरगञ्जका अलखिया मन्दिरमा भक्तजनहरुको घुइँचो

वीरगञ्ज । साउन महिनाको पहिलो सोमबार आज वरिगञ्जको अलखिया मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । हरेक वर्ष साउन महिनामा विशेष पूजा, आराधना, र व्रत गर्ने परम्परा अनुरुप यसपालि पनि भक्तजनहरु बिहानदेखि मन्दिरमा उपस्थित भएका थिए । साउन महिनाको सोमबार भगवान शिवको विशेष दिन मानिन्छ । यस दिन शिवलिंगमा जल चढाउनु, बेलपत्र अर्पण गर्नु, र ब्रत बस्नाले मनोकामना पुरा हुने विश्वासमा स्थानीयदेखि टाढाटाढाबाट भक्तजनहरु आउने गर्छन् । आज पनि मन्दिरको परिसरमा जल, पुष्प, बेलपत्र, धूप आदि चढाउँदै भक्तजनहरुले विशेष पूजा गरेका थिए । मन्दिरमा भएको यस उत्सवले धार्मिक आस्थाको जगेर्ना गर्ने स्थानीय जनसमुदायले पनि यसको स्वागत गरेका छन् । साउन महिना भरि हरेक सोमबार यस्तै भीड रहने अपेक्षा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *