
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उप्लब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुद्मावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अनुसार सुविधाको नयाँ थैली साउन १ गतेदेखि लागू गरिनेछ । उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बिमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् । अस्पताल टिकट रु ५० तोकिएको छ । यसअघि साधारण शय्याको रु दुई सय थियो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु एक लाखसम्म्को स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ । बिमा कार्यक्रम कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।



