नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

रोमानियालाई हराउदौँ नेदरल्याड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनलमा खेलमा नेदरल्याण्डस ३,०ले विजयी भएको हो। २० औँ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गर्दै नेदरल्याडसलाई अग्रता दिलाएको थिए।दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ति गरेपछि गाक्पोको पासमा उनले गोल गरेको थिए। तेस्रो गोल मालेनले नै इन्जयुरी समयको चौंथो मिनेटमा गर्दै जित निक्ष्चित गरे। नेदरल्याण्डसले अब सेमिफाइनलमा प्रवेशका लागि टर्कीसगँ खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *