
नगढी । कैलालीको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीमा जंगलभित्र एक युवतीको शव फेला परेको छ । नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए । उनकाअनुसार शवको पहिचान भने खुल्न सकेको छैन् । युवतीको अनुहार जलाएको अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ । जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको एसपी चन्दले बताए ।



