
काठमाडौं । थकाली समुदायले आफ्नो संस्कृतिबारे काठमाडौँमा विमर्श गरेका छन् । थकाली समुदायको लागि काम गर्दै आएको थासाङ जागरण मञ्चले पहिलोपल्ट थकाली जनजातिको विविध सांस्कृतिक पक्ष तथा विशिष्ट अधिकार विषयक जागरण सभा आयोजना गरेको हो । मन्चका अध्यक्ष वसन्त शेरचनको अध्यक्षतामा सोमबार आयोजित समारोहमा थकाली समुदायका विशिष्टता झल्काउने विभिन्न प्रस्तुति देखाइएको थियो । मन्चकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति तुलाचनको प्रमुख आतिथ्यमा आयोजित समारोहमा साहित्यकार दामोदर पुडासैनी र नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धि वकिल समूहका अध्यक्ष अधिवक्ता दिनेश कुमार घलेले आफ्नो विचार राखेका थिए ।



