
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले केहीबेरपछि पार्टीले नयाँ सभापति पाउने बताएका छन् । विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै मन्सुरले अहिलेसम्म सभापति शेरबहादुर रहेको र केहीबेरपछि गगनकुमार थापा पार्टी नेता निर्वाचित हुने बताएका हुन् । ‘शेरबहादुर देउवाजी अहिलेसम्म हाम्रो सभापति भन्दैछौँ । केहीबेरपछि हाम्रो सभापित गगन थापा हुँदैछ,’ उनले भने, ‘एउटा कुरा भन्छु- म कांग्रेसका ६ सभापतिसँग काम गरेको छु । अबको कांग्रेसको बेगलाई कुनै षडयन्त्र र कोठाको निर्णयले रोक्न सक्दैन ।’ उनले कांग्रेसको नेतृत्व हिँड्न सक्ने, बोल्न सक्ने, बुझेर बुझाउन सक्नेले मात्रै गर्ने बताए ।



