
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि दोस्रो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज दोस्रो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।



