उपेन्द्र र महन्थले निर्वाचन आयोगमा दिए पार्टीको विवरण अद्यावधिक गर्न निवेदन

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)ले पार्टीको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक भएका छन् । त्यसपछि जसपाले विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन प्राप्त भएको जानकारी दिएको छ । गत आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल नै राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ । नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।ई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसपाको समानुपातिक सूचीमा राखिएको छ ।