
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ । उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’ अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामिछानेलाई बिहीबार उच्चअदालत तुलसीपुर बुटवल इजलासले धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि रास्वपाले यस्तो जानकारी गराएको हो ।लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थिए । आज अदालती प्रक्रिया पूरा गर्नका लागि रुपन्देही जाँदैछन् । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि लामिछानेको तत्कालीन सांसद पद पनि निलम्बनमा परेको थियो भने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।



