होटलमा हुने अनैतिक क्रियाकलाप बन्द गराउन माग राखेर जनकपुरमा प्रदर्शन

जनकपुरधाम । अनैतिक क्रियाकलाप गराउनेलाई कानुनी कारबाही एवं त्यस्ता गतिविधि रोक्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ । जनकपुरको पिँडाडीचोक स्थित केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) भइरहेको भन्दै स्थानीयहरू सडकमा आएका हुन् । देह व्यापारले समाजमा नकारात्मक असर परेको र बस्ती बदनाम बन्दै गएको भन्दै त्यसलाई बन्द गराउन स्थानीयहरूको माग छ। जनक नगर सोसाईटी पिराडीले देह व्यपार (यौन जन्य) क्रियाकलाप विरुद्ध जनचेतना अभियान सुरु गरेको हो ।कमिसनका लागि अनैतिक यौन क्रियाकलापलाई प्रश्रय दिएको भन्दै उनीहरूले धनुषा प्रहरी प्रशासनविरुद्ध पनि नाराबाजी गरेका हुन् । यौनजन्य क्रियाकलाप गराउने होटेल तथा गेष्टहाउसा सञ्चालकलाई समेत उनीहरुले चेतावनी दिएका छन् ।