विमानस्थल अवरुद्ध : फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं । फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।अहिलेपनि दिल्लीबाट आएको नेवानी र दोहाबाट आएको कतार एयरवेजले आकाशमा फन्को मारिरहेका छन् । कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् । यति, बुद्ध र श्रीको मात्र एक दर्जन भन्दा धेरै उडान रद्द भैसकेको छ ।