धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषााले जनाएको छ । ०७९ मा भएको स्थानीय  तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।