पर्साको भिष्वास्थ सीमामा सशस्त्र प्रहरीद्वारा दुई लाख बराबरको सिखर चुरोट बरामद

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका भिष्वास्थ सीमा इलाकामा सशस्त्र प्रहरीले भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको सिखर चुरोट बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी भिष्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रोशन सिनेतको कमाण्डमा रहेको पाँच जनाको मोबाइल गस्ती टोलीलाई देख्नेबित्तिकै एक व्यक्ति मोटरसाइकलमा सामान बोकी भागेको थियो। गस्ती टोलीले त्यसै स्थानमा छोडिएको दुई कार्टुनमा राखिएका एक सय बन्डल सिखर चुरोट बरामद गरेको हो। बरामद चुरोटको अनुमानित मूल्य रु. २ लाख बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त चुरोटहरूलाई सशस्त्र प्रहरी बीओपी भिष्वामा राखिएको र आवश्यक कानूनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।