फरार कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । २३ भदौदेखि जेनजीले सुरु गरेको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागारमा भएको तोडफोड र आगजनी पछि फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।