गोरखा । गोरखा दरबारस्थित गोरखकाली मन्दिरको दशैं घरमा घटस्थापना गरिएको छ । सोमबार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौको जमरा राखिएको मूल पुजारी शारदा भट्टराईले बताए ।सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए । उनका अनुसार गोरखकाली मन्दिरको पुजा कोठा र जमरा कोठामा एक/एक पाथी, गोरखनाथ मन्दिरमा चार माना, उपल्लोकोट भगवती मन्दिरमा दुई माना र तल्लोकोटमा एक माना जौ को बिज राखिएको छ ।बिहान सबेरै भगवतीलाई कैलाश कोठाबाट गर्भ गृहमा सारे पश्चात घटस्थापना गरिएको उनले जानकारी दिए । दशैंको पहिलो दिन शैलपुत्री भगवतीको पुजा आरधना हुने उनले बताए ।आजबाट नियमित बली समेत सुरु हुने बताइएको छ ।
२०८२ आश्विन ६, सोमबार ०९:४३



