
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् ।सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने बताए । निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरे अर्थमन्त्रालयले प्रयास गर्ने उनले बताए ।अर्थमन्त्री खनालले राजस्वमा पनि कमी आउन दिन नहुने बताए ।अर्थमन्त्री खनालले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन आग्रह गरे ।म आफैं गाडी चलायर रास्ट्रपति भवन गएको भन्दै उनले चालकबाहेक अरू सुविधा नलिने घोषणा समेत गरे ।



