
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा काजु सहितको एउटा ट्रक बरामद गरेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ बागमतीस्थित प्रहरी चेकपोस्टमा प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले ८ क्विन्टल २० केजी काजुसहित ग २ ख १४१८ नम्बरको ट्रक बरामद गरेको हो । सर्लाहीको कविलासी–३ मदनपुरबाट काठमाडौँ तर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक बागमतीमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा ट्रकमा रहेको परालको भुसभित्र लुकाएर राखिएको २६ वटा बोरामा रहेको ८ क्विन्टल २० केजी काजु काजु फेला परेको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए । बरामद काजुको बजार मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको उनले बताए । ट्रक र काजुसँगै प्रहरीले ट्रकका चालक सर्लाहीको बरहथवा नगरपालिका– १३ बसवरीयाका ५६ वर्षीय राजवंशी झालाई पनि नियन्त्रणमा लिएको यादवले बताए । बरामद ट्रकको २५ लाख र काजुको १२ लाख २० हजार रुपैयाँ मूल्याङ्कन गरेर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार नै मलंगवा भन्सार कार्यालयमा बुझाइएको यादवले जानकारी दिए ।



