बारा प्रहरीद्वारा अमलेखगञ्जबाट पौने एक करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगञ्ज । बारा जिल्लास्थित अमलेखगञ्जमा प्रहरीले चेकजाँचका क्रममा करिब १ करोड २५ लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामान तथा ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको चेकिङ टोलीले असार २४ गते बिहान १:३० बजेको समयमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा बिल, बिजकभन्दा फरक र भन्सार नकटाई ल्याइएका वस्तुहरू फेला परेको प्रहरीले जनाएको छ । ट्रकबाट करिब १ करोड २५ लाख २४ हजार १ सय रुपैयाँ मूल्य बराबरको सामान पाइएको प्रहरीको दाबी छ । नियन्त्रणमा लिइएका सामानहरूमा कस्मेटिक सामग्री, कोकोनट र बदाम (आल्मोन), विभिन्न प्रकारका कपडा, सर्किजल सामान, इलेकट्रोनिक उपकरणहरू, मोबाइलका पार्टपुर्जाहरू, औषधिजन्य सामग्री लगायत रहेका छन् । उक्त सामान र ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार सामानहरू भन्सार छलिएको आशङ्कामा ल्याइएको हो । प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध भन्सार छलिएको कारोबार नियन्त्रण गर्न निगरानी बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध भन्सार छलिएको कारोबार नियन्त्रण गर्न निगरानी बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।