मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

 काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ । नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् । गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ । उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *