नेदरल्याण्ड्सविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । बाँयाहाते पेसर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशी टोलीमा आएका छन् । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो । हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ५ खेलमध्ये २ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ । पछिल्लोपटक कीर्तिपुरमा भएको २ खेलमा १-१ को नतिजा हुनुअघि जिम्बावेको हरारेमा सन् २०२३ मा भएको विश्वकप छनोटको खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो । नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *