
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहको ग्याजेट (विद्युतीय उपकरण) र उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ । सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् । अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेको थियो । सो क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको जनाएको हो । विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारको आरोप छ । त्यही उजुरीको अनुसन्धानको सिलसिलामा स्वकीय सचिव र उपकरण नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।



