काठमाडौं। इराक पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो । उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्याएर मानव बेचबिखन गरेको आरोप छ । इराकमा बन्धक बनाएको अवस्थामा ५ फ्रेबुअरी २०२५ मा उम्कन सफल भए व्यक्ति नेपाल फर्केका थिए । उनैले जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
२०८१ चैत्र ४, सोमबार १५:०२




