नमेटिने घाउ चलचित्र फिल्म भदौ ७ गते प्रदर्शन हुने

वीरगञ्ज । रमित ढुङ्गना फिल्म प्रोडक्सन कृत नमेटिने घाउ चलचित्र फिल्म आगामी भदौ ७ गतेदेखि देशभर एकैसाथ प्रदर्शन हुन लागेको पत्रकार सम्मेलनमा फिल्मका निर्देशक रमित ढुङ्गानाले बताएका छन् । एसिड पिडितहरुको विष्यमा तयार गरिएको विशुद्ध सामाजिकमा आधारित जनचेतनामूलक फिल्म रहेको निर्देशक ढुङ्गानाले बताए । नेपालको सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा धेरै यस फिल्ममा धेरै विशुद्ध योगदान र सहयोग गर्नुभएको बताएका छन् । पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि सहयोग रहेको बताए । उनले भने करिब ३ करोडको लागतमा ५८ दिन लगाएर तयार पारेको सो फिल्म सबैले एक पटक हेर्ने निर्देशक ढुङ्गानाले बताएका हुन । नेपालमा ३३ जना एसिड पिडितहरुको कथामा आधारित रहेको र सबैभन्दा धेरै मुस्कान खातुनको भुमिका रहेको बताएका छन् । पत्रकार सम्मेलनमा मानव अधिकार मुस्कान खातुन, कलाकार कलाकार प्राप्ति पौडेल, कमल देवकोटा, रोजन थापा, लिजा कोराली लगायतको उपस्थित रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *