स्वीमसुटमा देखिए मिस नेपालका फाइनलिस्ट (तस्विर)

अहिले मिस नेपालमा सहविधाको प्रतिस्पर्धा धमाधम चलिरहेका छन् । बुधबार बेलुका ललितपुरको हिमालय होटलमा स्वीमसुट प्रतिस्पर्धाको आयोजना गरियो । २६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यो सबटाइटल प्रतिस्पर्धामा फिटनेस प्रशिक्षक आशिष गुरुङ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस युनिभर्स नेपाल सोफिया भुजेल जजको रुपमा थिए । जजसामु सुन्दरीले क्याटवाकमा आफ्नो प्रस्तुति दिए । सबटाइटल विजेताको घोषणा साउन १९ गते आयोजना हुने ग्रान्ड फिनालेमा गरिने द हिडन ट्रेजरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *