शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृत जनचेतनामूलक कार्यक्रम सम्पन्र

वीरगन्ज २१ । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले आज वीरगन्ज महानगर वडा नम्बर ९ मा अवस्थित श्री नेपाल रेल्वे स्कुलमा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम भव्य एवं सभ्यरुपले सम्पन्र गरेको छ। प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी पर्साका उपाध्यक्ष बरिसठ समाजसेवी मधु राणाको प्रमुख आतिथ्यमा सम्पन्र सो कार्यक्रममा विशिष्ट अतिथिहरु रेल्वे स्कुलका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार,प्रतिष्ठान बरिसठ सल्लाहकार समाजसेवी प्रकाश कुमार उपाध्याय,मधेश विश्वविधालयका प्राध्यापक एवं प्रतिष्ठानका सल्लाहकार डा. हरेराम ठाकुर,प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रशिक्षक पल्लवी हरलालका र नेपाल पत्रकार महासंघ उपाध्यक्ष युवराज खडका समाजसेवी दिलिप शर्मा बराल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *