
मोटोरोलाले विश्वकै सबैभन्दा पातलो र बलियो स्मार्टफोन ल्याउने घोषणा गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको टिजरमा नयाँ स्मार्टफोनको पातलो डिजाइन र मिलिटरी ग्रेड (सैनय स्तरको) प्रमाणीकरण (MIL-STD-810H) बारे जानकारी दिएको छ । भुइँमा द्मर्दा नफुट्ने, अत्यधिक चिसो, आर्द्रता जस्ता चुनौतीहरुलाई सहन सक्ने गरी यो ,फोन उपलब्ध हुने बताइएको छ । फोनमा पातलो डिजाइनका साथै शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्री हुने आशा गरिएको छ । मोटोरालाले हालसम्म फोनको मूल्य र उपलब्धताबारे केही खुलासा गरेको छैन । तर, हालसालैका लिकहरुका अनुसार यो फोन सम्भवत:एज ४० नियोको अपग्रेडेड भर्सन हुनेछ । फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० चिपसेट, ८ जिबि रयाम तथा १२८ जीबि स्टोरेज वा १२ जीबि रयाम तथा ५१२ जीबि स्टोरेज, ६.५ इन्च १२० हर्ज ओएलईडी डिस्प्ले, गोरिल्ला ग्लास थ्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा ,१३ मेगापिक्सेल अलट्रावाइड क्यामेरा, १० मेगापिक्सेल टेलिफोटो क्यामेरा, ४,३१० एमएएच क्षमताको ब्याट्री लगायतका फिचर हुने अनुमान छ ।



