मौसम प्रतिकूल अवस्थामा जोखिम जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय

सरकारले जोखिम रहेका र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशुली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो । ‘रेड जोन’ अर्थात उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमानलाई महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालिन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताउनु भयो । यस्तै यात्रुलाई अनिर्वाय टिकट लिएर यात्रा गर्न अनि यसको पालना भएरुनभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *