
मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदहरुले संसदीय दलको नेता भरतप्रसाद साहलाई हटाउने प्रयास सुरु भएको छ । माओवादी केन्द्रका ९ मध्ये ६ जना प्रदेश सांसदले दलको नेताबाट साहालाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन् । संसदीय दलको विधानको दफा२० (१) अनुसार प्रमुख सचेतक फकिरा महतो,जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भटराई समक्ष प्रस्ताव पेश गरेका हुन् । दलको नेतृत्वको विषयमा हाम्रो विश्वास गुमेको कारणले गर्दा हामी सबै सदस्यहरुको तर्फबाट तल हस्ताक्षरित अविश्वासको प्रस्ताव पेश गर्दछौं, ६ सांसदले बुद्माएको पत्रमा भनिएको छ । उनीहरुले १५ दिनभित्र पार्टी संसदीय दलको बैठक बोलाउन पनि माग गरेको छन् । पदमा हुँदा मनपरी गरेको, अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा चलखेल गरेको, उल्टै प्रदेश मन्त्रालगायत बजेट सूचना प्रणालीमा कर्मचारीले हयाक गरी बजेटमा गडबडी गरेको आरोप लगाएको माओवादी सांसदहरुले दलका नेता साहमाथि आरोप लगाएका छन् ।



