
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिने भएको छ । शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज विश्वसको मत प्रस्ताव हुँदैछ, प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ । हिप पनि जारी गरेका छौं, संसदीय दल बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भने । संसदीय दल बैठकमा रास्वपाका मन्त्रीहरुले गरेका काम बारे समीक्षा पनि भएको थियो । दाहाल नेतृत्वको सरकारमा रास्वपाका चार जना मन्त्री छन् । प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन् ।



