
वीरगञ्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जले पूर्व नवयुवराज हदयेन्द्र वीर विक्रम शाहको २२ औं
जन्मदिन भव्यताका साथ मनाएको छ । यस अवसरमा वीरगञ्ज स्थित घण्टाघर चोकबाट संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको नेतृत्वमा बाजा सहित निस्किएको र्याली विभिन्न स्थानहरुमा पुगेको थियो । र्यालीमा सहभागीहरुले ”राजा आउ देश बचाउ”,” हाम्रो देश प्राण भन्दा प्यारो छ,” ”नेता चोर देश छोर”, ”सङ्घीयता खारिज गर”, जस्ता नाराहरु लगाएका थिए । र्याली माईस्थान,महाविरस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा माईस्थान हुँदै पुन: घण्टाघर चौकमा आइ समाप्त भएको थियो । जन्मदिन समारोहमा सहभागीहरुले पूर्व नवयुवराज हदयेन्द्रको तस्वीरमा पुष्प माल्यार्पण गरी उहाँको सु स्वास्थय, दीर्घायु एवं उज्जवल भविष्यको कामना गरेको थियो । कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी द्मा, संतोष गुप्ता, बिसनु कुमार दास, हरेराम रौनियार, पवन प्रसाद साह, दिपनारायण यादव लगायतको सहभागिता रहेको थियो । यसरी हर्षोल्लासका साथ मनाइएको जन्मदिन समारोहले पूर्व नवयुवराजप्रतिको जनसमर्थन र सम्मानको द्मल्को दिएको छ ।



