
चितवनको नारायणग मुग्लिन सडकखण्डमा पहिरोले दईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । वीरगबाट काठमाडौतर्फ गईरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज विहान करिब ३ं३०बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २१ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बस खोज्ने काम गरिरहेका छन । रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन ।



