दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर छाड्ने:अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्। आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्र्चगमनतिर लैजाने गरी भएको दाबी गरे । उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खोजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *