
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे ४.४ म्याग्रेच्युडको भूकम्प गएको हो । यसअघि रात असार २४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।



